काठमाडौं ।
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार उच्च अंकले बढेको बजार आज घटेर फेरि २८०० विन्दुभन्दा तल झरेको हो । आज नेप्से परिसूचक ३८।१० अंक घटेर २७८१.०० विन्दुमा झरेको छ।
परिसूचक घटे पनि यस दिन कारोबार रकम भने बढेको छ। बुधबार ७ अर्ब ६८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्क्रिपको ७८ हजार ३७९ पटकको कारोबारमा ८ अर्ब ९ करोड ५६ लाख १० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।















