लेउवा संघको चुनाव : जानुका पराजुलीसहित प्यानलको उम्मेदवारी घोषणा

केन्द्रभाग मिडिया

पोखरा ।

लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनका लागि व्यवसायी जानुका पराजुली अधिकारीले प्यानल सहितको उम्मेदवारी घोषणा गरेकी छिन् । जानुकाले आज पत्रकार सम्मेलनको आयोजना गरि आज प्यानलसहितकै उम्मेदवारी घोषणा गरेकी हुन् ।

अध्यक्षमा जानुका पराजुली अधिकारी, उपाध्यक्षमा विक्रम कर्माचार्य, द्धितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराई, महासचिवमा भरतराज ओझा, उप महासचिवमा गंगा कुमारी मल्ल र कोषाध्यक्षमा हरि बस्ताकोटीको उम्मेदवारी घोषणा भएको हो ।

यस्तै महिला सदस्यमा सर्मिला श्रेष्ठ, गंगा सापकोटा परियार,खुल्ला सदस्यमा प्रतिक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, विरेन्द्रराज भुर्तेल, भविन्द्र पुन(भविन), सुजन न्यौपाने, दिपक अधिकारी, कृष्ण प्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकीको उम्मेदवारी घोषणा भएको छ ।
यहि भदौं २० र २१ गते हुने १५ औं अधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी जानुकाले २३ बुँदे प्रतिवद्धता प्रस्तुत गरेकी छिन् ।

जानुका प्यानल ‘इमान्दारीता, पारदर्शिता र लगनशीलता–व्यवसायिक क्षेत्रमा सक्षम नेतृत्व आजको आवश्यकता’ भन्ने नारासहित चुनावी अभियानमा होमिने भएको छ ।

जानुकाले स्थानीय उत्पादनलाई जोड दिदैं लेखनाथलाई उत्पादनमुलक क्षेत्रको रुपमा विकारी गरी मेड इन नेपालको अवधारणालाई प्राथमिकता दिने प्रतिवद्धता जनाएकी छिन् ।

स्थानीय उत्पादनलाई ब्राण्डिङ, प्याकेजिङ र प्रचारप्रसार गरी बजारीकरण गर्ने, सिप तथा रोजगार बैंकको स्थापना गर्ने, नवप्रर्वदक उद्यमीलाई पँुजी व्यवस्थापन र वस्तुको बजारीकरणमा समन्वय गर्ने लगायतका प्रतिवद्धता जनाएका छन् ।

उद्योग वाणिज्य संघमा हाल २ हजार भन्दा बढी मतदाता रहेका छन् ।

  • १२ भाद्र २०८२, बिहीबार १२:१९ प्रकाशित