धनगढी ।
डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । नवदुर्गा गाउँपालिका(५ स्थित उकल्ली काणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हो।
बिहीबार बिहान ८ बजेतिर भएको दुर्घटनामा परेर ४ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतेहरूलाई डडेल्धुरा अस्पतालमा उपचारका लागि पठाइएको छ। मृतक र घाइतेहरूको परिचय खुलेको छैन।
जिप सडकबाट करिब ४ सय मिटर तल खसेको र चालकसहित १० जना सवार रहेको प्रहरीले जनाएको छ ।














