गण्डकीसहित यी पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको छ ।

आज दिउँसो बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी प्रदेशको तराइ साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका धेरै स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भूभाग साथै लुम्बिनी प्रदेश र कोशी प्रदेशको तराइका भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

  • १२ भाद्र २०८२, बिहीबार ०७:०५ प्रकाशित