काठमाडौं ।
आज विहीबार अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । अमेरिकी डलरको भाउ स्थिर छ ।
अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहितका मुद्राको भाउ हिजो पनि घटेको थियो ।
आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा छ ।
त्यसैगरि आज युरो एकको खरिददर १६२ रुपैयाँ १७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८६ पैसा छ । हिजो युरो एकको खरिददर १६३ रुपैयाँ र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा थियो ।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५६ पैसा थियो ।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५१ पैसा र बिक्रीदर ९० रुपैयाँ ९० पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा थियो ।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ७९ र बिक्रीदर ४५९ रुपैयाँ ७५ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ १० र बिक्रीदर ४६० रुपैयाँ ०६ पैसा थियो ।
आज बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९० पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९१ पैसा थियो ।















