काठमाडौं ।
सरकारले सूचीकरण हुनका लागि सामाजिक सञ्जालहरुलाई सात दिनको समय दिने भएको छ । सार्वजनिक सूचना निकालेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि समय दिने निर्णय भएको हो।
यही ९ भदौको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सत्तचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । यसअनुसार सूचीकरण नभए नेपालभित्र त्यस्ता सामाजिक सञ्जाल निष्क्रिय गराउने निर्णय समेत भएको मन्त्री गुरुङले बताए ।
पछि सूचीकरण भएमा तत्काल पुनः सक्रिय गराउन मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने समेत मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थि गर्ने निर्देशिका २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन यो कदम चालिएको सरकारले जनाएको छ ।















