काठमाडौं।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार उत्साहजनक वृद्धि देखिएको छ । आज सेयर बजार परिसूचक ५३.०१ अङ्कले बढेर २८१९.१० विन्दुमा पुगेको छ। यो २.०४ प्रतिशतको वृद्धि हो ।
आज बजारमा कुल ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । यस अवधिमा कुल १ करोड ४९ लाख ८६ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् ।
बजारमा आज २३२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १९ कम्पनीको मूल्य घटेको छ।















