काठमाडौं ।
सरकारले असोज १ गतेदेखि जारी गरेको इम्बोस्ड नम्बर प्लेटको विरोध भएको छ । बुधबार ‘जाग नेपाली’ समूहले सरकारको सो कदमविरुद्ध प्रदर्शन गरेको हो ।
इम्बोस्ड नम्बर प्लेट लादेर नेपालको पहिचानसमेत मेटाउन खोजेको आरोप लगाउँदै सो समूहले नयाँ बानेश्वरको एभरेस्ट होटल नजिकै सडकमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले ‘देवनागरी लिपिको रक्षा गरौँ, इम्बोस्ड नम्बर प्लेट खारेज गर, भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर, नेपाली जनताको व्यक्तिगत डेटा सुरक्षाको ग्यारेन्टी गर, नेपालका भाषा, लिपि र संस्कृतिमाथि आक्रमण नगर्ने सुनिश्चितता गर’ जस्ता नारा लगाएका प्ले कार्ड बोकेका थिए ।














