काठमाडौं ।
आज ९बुधबार० अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ भने घटेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४० रुपैयाँ ४४ पैसा थियो।
त्यसैगरि आज युरो एकको खरिददर १६३ रुपैयाँ र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा छ । हिजो युरो एकको खरिददर १६३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६४ रुपैयाँ २४ पैसा थियो ।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५६ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा थियो ।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा थियो ।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ १० र बिक्रीदर ४६० रुपैयाँ ०६ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ८६ र बिक्रीदर ४५९ रुपैयाँ ८३ पैसा थियो ।
आज बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९१ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ४९ पैसा थियो ।















