यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

केन्द्रभाग मिडिया

काठमाडौं ।

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ ।

आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरू र तराईको एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

 

  • १० भाद्र २०८२, मंगलवार ०७:२८ प्रकाशित