पोखरा ।
आज मंगलबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, युरो, पाउन्डसहित कतिपय मुद्राको भाउ भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४० रुपैयाँ ४४ पैसा छ । दुई दिनसम्म स्थिर रहेको अमेरिकी डलरको विनिमयदर आज बढेको हो ।
हिजो र अस्ती अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा थियो।
त्यसैगरि आज युरो एकको खरिददर १६३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६४ रुपैयाँ २४ पैसा छ । हिजो युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा थियो ।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८९रुपैयाँ ८६ पैसा थियो ।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ ०९ पैसा थियो ।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ८६ र बिक्रीदर ४५९ रुपैयाँ ८३ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ६६ र बिक्रीदर ४५९ रुपैयाँ ६२ पैसा थियो ।
आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ४९ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७० पैसा र बिक्रीदर ३७२ रुपैयाँ २९ पैसा थियो ।















