सेयर बजारमा सुधार : आज पौने ६ अर्बको कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार देखिएको छ नेपाल स्टक एक्सचेञ्ज परिसूचक सोमबार २१.३० अङ्कले बढेर २७६१.२६ विन्दुमा पुगेर बन्द भएको हो ।

आज दिनभर बजारमा कुल ५ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । ३१७ वटा स्क्रिप्टको कारोबार हुँदा १ करोड ८ लाख कित्ता सेयर खरिद बिक्री भई सो बराबरको कारोबार भएको हो ।

आज कारोबारमा आएका कम्पनीहरूमध्ये अधिकांशको सेयर मूल्य बढेको छ । कुल १७९ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि देखियो भने ७१ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

  • ९ भाद्र २०८२, सोमबार १५:५६ प्रकाशित