गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त हुने भनि सर्वोच्च अदालतले गरेको ज्यानमुद्दा सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवधानिक इजलासले गत असार ४ गते उनी पदमुक्त हुने भनि गरेको फैसलाको सोमबार पूर्णपाठ सार्वजनिक भएको हो ।
फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै मनाङ प्रदेश सभा क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने बाटो खुला भएको छ ।निर्वाचन आयोगले मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारण यसअघि उपनिर्वाचनको मिति तोकेको थिएन। आयोगले पूर्णपाठ आएपछि अध्ययन गरेर रुपन्देही –३ सँगै उपनिर्वाचन गर्ने कि के गर्ने भननेबारे निर्णय लिने बताउँदै आएको छ ।
यसैबिच सोमबार पूर्णपाठ सार्वजनिक भएसँगै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अब पूर्णपाठ अध्ययन गरेर आवश्यक निर्णय लिइने बताए ।













