काठमाडौं।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैज्ञानिक समाजवादका कुरा शब्दमा मात्र गरेर नहुने बताएका छन् ।
सोमबार पार्टी स्थापना भएको चौथो वर्ष पुरा गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अहिलेको अवस्थामा कसरी अघि बढ्दा पार्टी र आन्दोलनलाई लक्ष्यमा पुर्याउन सकिन्छ भनेर बुझ्नुपर्ने बताए ।
‘त्यसो हुनाले वैज्ञानिक समाजवादका कुरा वास्तवमा यो शब्दले मात्र पनि हुँदैन’, नेपालले भने– ‘यो शब्दका धेरै बखानहरू सुन्यौ ।’ उनले सर्वहारा वर्गीय चरित्र महत्त्वपूर्ण हुने भन्दै आफ्नो पार्टीको पहिलो राजनीतिक प्रस्तावमा प्रस्तावित विषयको अध्ययन गर्नुपर्ने बताए ।
नेपालको राजनीति र कम्युनिस्ट आन्दोलनमा एकीकृत समाज पार्टीको महत्त्वपूर्ण भूमिका रहेको भन्दै यो पार्टीलाई सशक्त नबनाएसम्म त्यो भूमिका निर्वाह गर्न नसकिने बताए ।
‘कमजोर, निमुखा र निरीहलाई कसैले टेर पुच्छर लाउँदैन । विचारको समस्या छैन’, अध्यक्ष नेपालले भने, ‘पार्टी निर्माण गर्ने आँट नगरेको भए, त्यही पार्टीमा पनि विद्रोही चेत भएका मानिस देखिने थिएनन् ।’
अध्यक्ष नेपालले निराश हुनुपर्ने अवस्था नरहेको पार्टीमा अनुशासनहीन काम गर्नेलाई छुट नदिने बताए । ‘जे गर्नुछ भित्र राख्ने हो । अनुशासनहिनतालाई छुट दिन सकिँदैन । ज–जसले अनुशासनहीन काम गर्छ भने छुट दिन सकिँदैन’, अध्यक्ष नेपालले भने– ‘पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु एउटै कुरा होइन ।’
उनले पार्टीको पक्षमा दृढताका साथ बोल्न निर्देशन दिँदै कसैका लेखाइमा पार्टीमाथि आँच पुर्याउने काम हुन्छ र पार्टी नेतृत्वलाई बदख्वाइँ गर्ने काम भए कुनै हालतमा नछाड्ने बताए । ‘त्यस्तालाई छुट दिन सकिँदैन । पार्टी सिध्याउन खोज्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन’,














