काठमाडौं ।
साफ यू–१७ च्याम्पियनसिपका लागि नेपाली टोलीको बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीमध्ये १० जना खेलाडी बाहिरिएका छन्।मुख्य प्रशिक्षक सञ्जीत श्रेष्ठले ३५ जना खेलाडीलाई दोस्रो चरणको प्रशिक्षणमा निरन्तरता दिँदा १० खेलाडीले स्थान बनाउन सकेनन् ।
आगामी सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकाको कोलम्बोमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ।
नेपालले पहिलो खेल सेप्टेम्बर १५ मा आयोजक श्रीलंकासँग तथा दोस्रो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ।समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन्। सेमिफाइनल खेलहरू सेप्टेम्बर २५ मा र फाइनल खेल सेप्टेम्बर २७ मा हुनेछन्।
प्रशिक्षणमा बाँकी ३५ खेलाडी रहेका छन् ।















