काठमाडौं।
प्रतिनिधिसभा अन्तर्गतको रिक्त राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेकपा एमालेले दाबी नगर्ने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राज्य व्यवस्था समितिको सभापतिमा एमालेले दाबी नगर्ने बताएका हुन् ।
‘संसद् सचिवालयले आज समिति सभापतिको निर्वाचनका लागि सूचना निकाल्दैछ’, बर्तौलाले भने, ‘यो पदमा नेकपा एमालेले उम्मेदवारी दर्ता गर्दैन ।’
यसअघि पनि नेपाली कांग्रेसकै सभापति रहेकाले अहिले पनि पहिलो रोजाई कांग्रेसकै हुने बर्तौलाको भनाइ छ । ‘पहिलो रोजाई कांग्रेसकै हुन्छ । यदि कांग्रेसले आफ्नो उम्मेदवारी रहँदैन भन्यो भने मात्र हामी पार्टीमा छलफल गर्छौं’, बर्तौलाले भने, ‘कांग्रेसले दिएको उम्मेदवारीलाई हाम्रो समर्थन रहन्छ ।’














