पोखरा ।
पोखराको आर्बामा नगर बस दुर्घटना भएको छ । दुर्घटनामा बसमा सवार २३ जना घाइते भएका छन् । सोमबार आर्बाबाट पोखरा आउने क्रममा ग १ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते सबैको उद्धार भैसकेको वडाध्यक्ष किरण बरालले जानकारी दिएका छन् ।दुर्घटना हुने बित्तिकै उद्धार भएकाले ठुलो क्षति हुनबाट बचेको बरालले बताएका छन् ।
घाइतेहरूलाई उपचारका लागि गण्डकी अस्पताल पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ।घाइते मध्ये ४ जना डिस्चार्ज भइसकेका छन् । गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।घटना सम्बन्धी विस्तृत विवरण आउन बाँकी छ।














