अमेरिकी डलरको भाउ आज पनि स्थिर

केन्द्रभाग मिडिया

पोखरा ।
आज सोमबार अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । अमेरिकी डलरको भाउ भने आज पनि स्थिर छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरको अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा छ ।

त्यसैगरि आज युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा छ । हिजो युरो एकको खरिददर १६२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा थियो ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८९रुपैयाँ ८६ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ ०९ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९० रुपैयाँ ०८ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ६६ र बिक्रीदर ४५९ रुपैयाँ ६२ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ७९ र बिक्रीदर ४५८ रुपैयाँ ७५ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७० पैसा र बिक्रीदर ३७२ रुपैयाँ २९ पैसा छ ।

  • ९ भाद्र २०८२, सोमबार ०७:५५ प्रकाशित