काठमाडौं ।
गत आर्थिक वर्ष ०८१र८२ मा नेपालमा १७ खर्ब २३ अर्ब २७ करोड रेमिट्यान्स आप्रवाह भएको छ । अघिल्लो आव ०८०.८१ को तुलनामा १९.२ प्रतिशतले रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
रेमिट्यान्सको आप्रवाहमा भएको वृद्धिसँगै गत आवमा नेपालमा विदेशी मुद्राको सञ्चिति पनि वृद्धि भएको छ । अघिल्लो आवको असार मसान्तसम्मको विदेशी मुद्रा सञ्चितिको तुलनामा गत आवमा ३१.२ प्रतिशतले वृद्धि भएर २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३०.६ प्रतिशतले वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड पुगेको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३६.६ प्रतिशतले वृद्धि भई दुई खर्ब ६३ अर्ब चार करोड कायम भएको छ ।















