पोखरा ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिन्छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी प्रदेशको तराइको भूभाग साथै बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।
आज राति मधेश प्रदेश,कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
मधेश प्रदेश,कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेशको पहाडी र र लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुइ स्थानमा भारी वर्षाको सम्भावना छ ।















