पोउवा संघका सबै सदस्य र आश्रित परिवारले फेवा डेन्टलमा २५ प्रतिशत छुट पाउने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघका सदस्य र उनीहरुका आश्रित परिवारर्ले पोखरा ४ गैह्रापाटनमा रहेको फेवा डेन्टल क्लिनिकमा सेवा लिँदा २५ प्रतिशत छुट पाउने भएका छन् ।

आगामी पाँच वर्ष अर्थात २०८७ भदौसम्म छुट व्यवस्था हुनेगरी सम्झौता भएको फेवा डेन्टल क्लिनिकका सञ्चालक प्रकाश कोइरालाले जानकारी दिए । शुक्रबार भएको सम्झौतामा  पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र फेवा डेन्टलका सञ्चालक कोइरालाले हस्ताक्षर गरेका छन् ।

सधैं आफ्ना सदस्यको हितमा समर्पित रहेको पोखरा उद्योग वाणिज्य संघले सदस्य र आश्रित परिवारको हितका लागि यो सम्झौता गरिएको जानकारी दिए । डेन्टल सम्बन्धि सेवा लिन आउदा पोखरा उद्योग वाणिज्य संघको परिचय पत्र अनिवार्य रुपमा साथमा ल्याउनू पर्ने छ ।

दाँतमा तार लगाउने सेवा मा भने १० प्रतिशत मात्र छूट दिईने सञ्चालक कोइरालाले बताए ।

  • ६ भाद्र २०८२, शुक्रबार १९:३२ प्रकाशित