प्रतिनिधिसभा बैठक भदौ १३ गते बस्नेगरी स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं।
प्रतिनिधिसभा बैठक अब भदौ १३ गते (आगामी शुक्रबार) मात्रै बस्ने भएको छ । आज बसेको बैठकपछि सभामुख देवराज घिमिरेले भदौ १३ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा फरक मतसहित संसदीय समितिले पास गरेका विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन’ पेस भए ।

शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट बिहीबार फरकमतसहित पारित ‘विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन’ समिति सभापति अमरबहादुर थापाले पेस गरे । समितिले प्रतिवेदन पारित गर्ने बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले फरक मत राखेका छन् ।

त्यस्तै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन’ पेस गरिन् । विधेयकमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले फरक मत राखेका छन् ।

  • ६ भाद्र २०८२, शुक्रबार १७:१३ प्रकाशित