पोखरा ।
पोखरा इन्टरनेट प्रा.लि.ले २०८२ सालको तीज वर्षको अवसर पारेर तीज बिशेष कार्यक्रम ल्याएको छ छ ।
भदौ ६ गते बाट १५ गते सम्म पोखराको पुरानो टुँडिखेलमा आयोजना हुने तेश्रो ऐतिहासिक तीज महोत्सवमा पोखरा इन्टरनेटले निशुल्क इन्टरनेट सेवा दिने भएको छ । पोखरा इन्टरनेट स्पोनसरको रुपमा सहभागि हुने भएको हो । उक्त कार्यक्रम अवधिभर सम्पूर्ण स्थलमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइएको इन्टरनेटकी मार्केटिङ हेड दिपा दुलालले बताइन् ।
यस्तै उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शक र सहभागीहरूले फ्रि वाईफाई सुविधा उपभोग गर्न सक्नेछन्। साथै, पोखरा इन्टरनेटले आयोजना गरेको लक्कि ड्र मार्फत आकर्षक उपहार जित्ने अवसर पनि उपलब्ध हुनेछ। सहभागी हुनका लागि इच्छुक व्यक्तिले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर पोखरा इन्टरनेटको स्टलमा गई टिपाउनुपर्ने हुन्छ।
यस लक्कि ड्र अन्तर्गत १० दिनसम्म, प्रत्येक दिन एकजनाले ६ महिना सम्मको २०० एमबिपिएस इन्टरनेट सेवा लक्कि विजेताको रूपमा प्राप्त गर्नेछन्। विजेताले इन्टरनेट प्रयोग गर्नका लागि केवल रु.३,००० को इन्सटलेसन चार्ज मात्र तिर्नुपर्ने मार्केटिङ हेड दुलाले उल्लेख गरिन् ।
यसबाहेक, रमाइलो वातावरणलाई अझै रोचक बनाउनका लागि सहभागीहरूका लागि गेम जोनमा रिवाड पाउने विशेष अवसर पनि प्रदान गरिएको छ।
पोखरा इन्टरनेटले निरन्तर रुपमा ग्राहकमैत्री सेवा, सामाजिक उत्तरदायित्व सिएसआर स्थानीय भावनासँगको सम्बन्ध लाई जोडेर सेवा प्रवाह गर्दै आएको छ। यही प्रतिबद्धताको हिस्सा स्वरूप यस तीज कार्यक्रममा सहकार्य गरिएको कम्पनीले जनाएको छ।
इन्टरनेटले समय समयमा बिभिन्न अफरहरु ग्राहक समक्ष प्रदान गर्दै आइरहेको छ । पोखरामा स्थापना भएको पोखरा इन्टरनेटले गण्डकी प्रदशेका सबै जिल्लामा आफ्नो सेवा बिस्तार गरेर इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।














