भूमि विधेयक आज प्रतिनिधिसभामा पेस हुने

केन्द्रभाग मिडिया

काठमाडौं।

लामो गलफतीपछि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार फरक मतसहित पारित ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ शुक्रबार (आज) प्रतिनिधिसभामा पेस हुने भएको छ ।

दिउँसो एक बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा समिति सभापति कुसुमदेवी थापाले विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने उल्लेख छ । समितिले प्रतिवेदन पारित गर्ने बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फरक मत राखेका छन् ।

आज विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस भए पनि छलफल हुने सम्भावना छैन । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सभामुख देवराज घिमिरेबाट अन्यथा आदेश भएमा बाहेक आज पेस हुने भूमिसम्बन्धी विधेयकमा छलफल नहुने जानकारी दिए ।

  • ६ भाद्र २०८२, शुक्रबार ११:५९ प्रकाशित