टप एण्ड टी–२० सिरिज

नेपालले आफ्नो अन्तिम खेल आज पाकिस्तान साइन्ससंग खेल्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

टप एण्ड टी–२० सिरिज अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पाकिस्तानको साहिन्सविरुद्ध खेल्दैछ ।

अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान टु मा हुने खेल शुक्रबार दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

सिरिजका सुरुवाती तीन खेलमा लगातार हार व्यहोरेको नेपाली टोलीले पछिल्ला दुई खेलमा भने जित निकालेको छ । नेपाली टोली अन्तिम खेलमा जित निकाल्दै सिरिजको सुखद् अन्त्य गर्न चाहन्छ ।

३ खेलमा हार र २ खेलमा जित निकालेको नेपाल ४ अंकसहित तालिकाको सातौँ स्थानमा छ । सिरिजका पाँच मध्य तिन खेलमा जित र २ खेलमा हार भोगेको पाकिस्तानको टोली ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

यसअघिका दुई खेलमा नेपालले मेलवर्न रेनेगड्स एकेडेमीलाई ३३ तथा होवर्ट हुरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको थियो ।

मेलवर्न स्टार्स एकेडेमीसँग भने ३१ तथा बंगलादेश ए सँग ३२ रनले पराजित भएको थियो । सिरिजको पहिलो खेलमा नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।

  • ६ भाद्र २०८२, शुक्रबार ०७:४८ प्रकाशित