पोखरा ।
पोखरा बहुमुखी क्याम्पसको आयोजनामा बुधबार राष्ट्रिय खुल्ला तीज गित प्रतियोगिता सम्पन्न भयो ।
उक्त प्रतियोगितामा सहनसिल दिदिबहिनी समूह, पोखरा –२३ प्रथम भएको छ । प्रतियोगितामा सहभागी सबै गरी २४ वटा समूहलाइ उछिन्दै उक्त समूह प्रथम भएको हो ।
प्रतियोगितामा पोखरा नर्सीङ क्याम्पस समूह द्धितिय, रानीपौवा दिदिबहिनी समूह तृतीय भएका थिए । त्यसैगरी देविस्थान महिला समूह र पोखरा बहुमुखी क्याम्पस करुवा समूह शान्त्वना भएका थिए ।
क्याम्पसले भवानी कालिका समूह पोखरा (२६,कास्की र उर्जाशील दिदिबहिनी समूह,पोखरा १२ लाइ ५ र५ हजार प्रोत्साहन स्वरुप दिने घोषणा उक्त कार्यक्रममा गरेको छ ।
यसैबिच विशेष उद्घाटन समारोहलाइ सम्बोधन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रि बिन्दु कुमार थापाले तीजलाइ भड्कीलो बनाउने प्रवृति बढिरहेको बेला शिक्षा प्रदायक निकायहरुले मौलिकता बचाउन चासो दिएकोमा खुशि व्यक्त गरे।
उनले संस्कार, संस्कृति र मौलिकता बचाउने अभियानमा आँफू, व्यक्तिगत, संस्थागत र सरकारी सबै तवरबाट सहयोग गर्न प्रतिवद्ध रहने पनि बताए।
त्यसैगरी कार्यक्रममा बोल्दै पोखरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमूख शिशुकला पराजुलीले, पछिल्लोक्रममा तीज पर्व नारी शसक्तीकरण र एकताको आवाज बोल्ने पर्व भएकोले यस्ता प्रतियोगिताहरुले सबैलाइ मौलिकता र संस्कृति प्रर्वद्धन गर्न सघाउने बताइन ।
उनले पछिल्लो क्रममा मौलिकताहरु हराइरहेका बेला मौलिक भाका र रितिरिवाज प्रति युवापुस्ता र बिद्यार्थीको ध्यानाकर्षण गर्नुपर्ने बताइन ।
प्रतियोगितामा, नेपाली समाजमा व्याप्त परम्परागत मुल्यमान्यताका बिच चेलीबेटीले भोग्नुपरेका तिता यथार्थ, वैदेशिक रोजगारीले निम्त्याएको घरायसी निराशा, बाल अधिकार, लगायतका विषयमा गितहरुसँगै हरेक समूहले नृत्य तथा अभिनय समेत प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा लोकतथा दोहोरी गायिकाहरु तारा थापा, माया गुरुङ र सरला पाण्डेको निर्णायक मण्डल रहेको थियो ।पोखरा बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिताको सांस्कृतिक समारोह राष्ट्रिय लोक दोहोरी गायक प्रजापति पराजुलीले सञ्चालन गरेका थिए । कार्यक्रमको सञ्चालन पोखरा बहुमुखी राष्ट्रिय तीज गित प्रतियोगिताका संयोजक भानु पराजुलीले गरेका थिए ।














