काठमाडौं ।
भियतनामीका उपराष्ट्रपति भो थिआन सुआन तीन दिने भ्रमणमा नेपाल आउने भएकी छिन् । उपरराष्ट्रपति रामसहाय यादवको निमन्त्रणामा हुन लागेको भ्रमणमा उनी भदौ ७ गते बैंकक हुँदै साढे १२ बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
उनको भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय र भारतमा रहेको भियतनामी दूतावास जुटेका छन् । उनको कार्यक्रम तथा भेटघाटको एजेन्डाको बारेमा छलफल गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
नेपालमा उनले शनिवार र आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानमन्त्री केपी शर्मा अोलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनको भेटघाट परराष्ट्रमन्त्री डा.आरजु राणासँग पनि हुने बताइएको छ ।
भदौ ९ गते नेपाल–भारतको सम्बन्ध स्थापना भएको ५० औ वर्षको उपलक्ष्यमा हुने कार्यक्रममा सहभागी हुनुको साथै वसन्तपुर दरबार स्क्वायरको अवलोकन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।













