भूमि विधेयक पारित

केन्द्रभाग मिडिया

काठमाडौं।

संसदीय समितिबाट भूमि विधेयक पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बिहीबार प्रस्तावित भूमिसम्बन्धी तीन विधेयक बहुमतले पारित गरेको हो ।

बैठकमा प्रस्तावित प्रतिवेदनमा एमाले र कांग्रेसका सांसदले समर्थन गरेका थिए । सो आधारमा विधेयक बहुमतले पारित भएको हो ।

तर, पारित भएको विधेयकमा विपक्षीले भने नोट अफ डिसेन्ट लेख्ने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले सत्तापक्षले पास गरेको विधेयकमा आफूहरू सहमत नभएकोले नोट अफ डिसेन्ट लेख्न लागेको बताए ।

‘कांग्रेस एमाले मिलेर विधेयक पास गरे, हामी सहमत छैनौँ, प्रतिवेदनमा नोट अफ डिसेन्ट लेख्नेबारे छलफल गरिरहेका छौँ’, उनले भने ।

  • ५ भाद्र २०८२, बिहीबार १३:४० प्रकाशित