जिसस कास्कीद्धारा पालिकाहरूसँग असल अभ्यास विषयमा अन्तरक्रिया

केन्द्रभाग मिडिया

पोखरा ।

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका पालिकाहरूसंग असल अभ्यास बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु गरेका थिए ।पौडेलले कार्य सम्पादन र बिकास निर्माणका असल अभ्यास आदान प्रदान सहित समस्याहरूको निराकरण र प्रभाबकारी समन्वयका निम्ति कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आपसी अनुभव आदान प्रदानले प्रभाबकारी कार्यसम्पादनको स्तर वृद्धिमा सहयोग गर्ने उल्लेख गरे ।

पौडेलले सबै पालिकाहरूले आन्तरिक नियन्त्रण प्रणाली निर्माण गरेर जनउत्तरदायी र जबाफदेही सेवा प्रबाहमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै पारदर्शी र प्रभावकारी दिगो विकासमा लाग्न अनुरोध गरे ।

कार्यक्रममा पोखरा पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य ,अन्नपूर्ण गाउँपालिकाका उप प्रमुख चन्द्रकला अधिकारी , कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा, गैर सरकारी संस्था महासंघ कास्कीका सचिव केशु भुजेल सहितले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

कास्कीस्थित पाँचवटा पालिकाका प्रमुख ,उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृत सहभागी कार्यक्रममा सबै पालिकाहरूले आफ्नो पालिकामा भएका विकास निर्माण र गतिविधि सहितको असल अभ्यास प्रस्तुति गरेका थिए।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेको जिल्ला समन्वय समिति कास्कीका सूचना अधिकारी लक्षु शर्माले जानकारी दिए ।

  • ४ भाद्र २०८२, बुधबार १६:२९ प्रकाशित