रास्वपाद्वारा उपसभामुख रानामाथि भएको आक्रमणको विरोध

केन्द्रभाग मिडिया

काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरमाथि भएको आक्रमणको विरोध गरेको छ ।प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानामगरमाथि भएको आक्रमणको विरोध गरेका हुन् ।

‘बारम्बार बालुवाटारका बैठकहरूमा, बुढानीलकण्ठका बैठकहरूमा र सिंहदरबारका बैठकहरूमा जसरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट जो अहिले हाम्रो पार्टीको सदस्य हुनुहुन्न, हामीले पठाएको उपसभामुखमाथि जुन आक्रमण भएको छ, यसको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भर्त्सना गर्न चाहन्छ,’ प्रमुख सचेतक परियारले भने ।

उनले सार्वभौम संसद्का सदस्यहरूले विवेचना गर्न पनि अनुरोध गरे । मंगलबार बालुवाटार र सिंहदरबारमा भएको प्रहसनले सदनलाई चोट पुर्‍याएको उनले बताए ।

  • ४ भाद्र २०८२, बुधबार १३:४८ प्रकाशित