काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सांसदहरुको प्रश्नको जवाफ दिँदैछन् । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न एक बजे बैठक बस्न लागेको हो ।
बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
बैठकमा मानव बेचविखन तथा ओसारपसार ९नियन्त्रण० पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।














