सबैजसो विदेशी मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज बुधबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४० रुपैयाँ ०७ पैसा थियो ।

त्यसैगरि आज युरो एकको खरिददर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा छ । हिजो युरो एकको खरिददर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा थियो ।

आज पाउन्ड एकको खरिददर १८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४८ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ९० पैसा र बिक्रीदर १८० रुपैयाँ ७१ पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०९ पैसा र बिक्रीदर ९० रुपैयाँ ४८ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५४ रुपैयाँ २४ र बिक्रीदर ४५६ रुपैयाँ २१ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ५० र बिक्रीदर ४५८ रुपैयाँ ४६ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८४ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ५३ पैसा थियो ।

  • ४ भाद्र २०८२, बुधबार ०७:०२ प्रकाशित