सांसदहरूलाई उपत्यका नछाड्न र बाहिर भएका सांसदहरुलाई फर्कन एमालेको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न सूचना पठाएको छ ।मंगलबार सांसदहरूलाई मोबाइलमा मेसेज पठाउँदै एमालेले तत्काल उपत्यका बाहिरका कार्यक्रममा नजान भनेको हो ।

एक सांसदका अनुसार, उपत्यका बाहिर भएका सांसदहरूलाई फर्कन र उपत्यकामै भएका सांसदहरूलाई कहीँ नजान भन्दै एसएमएसमार्फत जानकारी आएको हो ।

एमाले कांग्रेसले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारीस्वरुप हस्ताक्षर संकलन गरिरहेको छ ।

उता, विपक्षी दलहरू यो कार्यको विरोध गर्नेगरी तयारी गरिरहेको छ । कांग्रेसभित्रकै इतर समूहका सांसदहरूले पनि अहिलेसम्म हस्ताक्षर गरेका छैनन् ।

  • ३ भाद्र २०८२, मंगलवार १६:२७ प्रकाशित