काठमाडौं ।
टप एण्ड टी २० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ।
नेपालले होर्बट हुरिकेन्सलाई ६६ रनले पराजित गरेको हो।अष्ट्रेलियाको पामर्स्टनस्थित काजालिस मैदानमा भएको खेलमा नेपालले दिएको १८१ रनको विजयी लक्ष्य पछ्याएको हर्बट हुरिकेन्सले १६.१ ओभरमा अलआउट हुँदै ११३ रन बनायो। हर्बटलाई रोक्न नेपालका बलर नन्दन यादवले सर्वाधिक ५ विकेट लिए।
नेपालले दिएको १८१ को विजयी लक्ष्य पछ्याएको हुरिकेन्सका लागि ब्राड होपले सर्वाधिक ३१ रन बनाए। नेपालले पहिलो खेलमा नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रन, दोस्रो खेलमा बंगलादेश ए सँग ३२ र तेस्रो खेलमा मेलर्वन स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।















