आज सेयर बजारका सबै उपसूचक सकारात्मक

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेप्से परिसूचक आज पनि एकल अंकले बढेर बन्द भएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० विन्दुमा उक्लिएको छ।

अघिल्लो दिन सोमबार नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा पुगेको थियो। सो दिन ६ अर्ब १७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदिन नेप्से बढेपनि कारोबार रकम सोमबारको तुलनामा घटेको छ। मंगलबार ३१६ स्क्रिप्सको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयर ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपैयाँमा खरदिबिक्री भए।

नेप्से एकल अंकले बढे पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। आज कारोबार रकमका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्षस्थानमा रहयो। सो कम्पनीको ३१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

  • ३ भाद्र २०८२, मंगलवार १५:४७ प्रकाशित