काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको ‘संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’ केही समय अझै होल्ड हुने भएको छ ।
यो विधेयक अगाडि बढाउने विषयमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालबीच हालै संवाद भएको छ । सभामुखको कार्यकक्षस्थित सिंहदरबारमा आइतबार भएको भेटमा उनीहरूबीच तीन विषय संवैधानिक परिषद्सम्बन्धी विधेयक,निजामती विधेयक, राष्ट्रिय मर्यादा सम्बन्धी विधेयकमा छलफल भएको थियो ।
छलफलमा राष्ट्रपतिले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी विधेयक भदौ तेसो साता मात्रै अगाडि बढाउने गरी संसद्को क्यालेन्डरमा राख्नेबारे छलफल भएको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैले भदौ महिनाको क्यालेन्डर बनाएका छैनन् ।भदौ तेस्रो सातासम्म पुर्याउँदा यो विधेयक अगाडि बढाउने विषयमा राजनीतिक दलहरूबीच साझा धारणा बनाउने वातावरण बन्नसक्ने र त्यसअनुसार विधेयक अगाडि बढाउन सहज हुने सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालको छ ।













