नेप्से परिसूचक ९ अंक बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार ९ अंकभन्दा धेरै बढेको छ ।

आइतबारको तुलनामा नेप्से कारोबार रकम डेढ अर्बले घटे पनि परिसूचक भने सकारात्मक भएको हो ।सोमबार नेप्सेमा कारोबार भएकामध्ये १ सय ७५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी ७४ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।

सोमबार नेप्सेमा ३ सय २० कम्पनीको ६७ हजार ९ सय ९५ कारोबारबाट ६ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड ५२ लाख २९ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ ।

धितोपत्र बजारमा सूचिकृत अधिकांश कम्पनीको गत आर्थिक वर्षको वित्तीय विवरण आइसकेको अवस्था छ । सेयर लगानीकर्ताले पनि कुन कम्पनीले कस्तो प्रतिफल दिन्छ भन्ने पूर्वानुमान गरिसकेको हुनाले पनि सोमबार नेप्से परिसूचकमा सुधार आएको हुन सक्छ ।

सोमबार कारोबार सुरु हुँदादेखि बढ्न थालेको नेप्से करिब एक घण्टापछि घटेको थियो । त्यसपछि सुधारको क्रम बन्द हुँदासम्म कायम रहेपछि उतारचढाव भने आइराख्यो ।

  • २ भाद्र २०८२, सोमबार १६:३७ प्रकाशित