अमेरिकी डलरको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलरको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, पाउन्डसहित कतिपय विदेशी मुद्राको भाउ भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा छ । विगत तीन दिनदेखि अमेरिकी डलर यी मूल्यमा कारोबार हुँदै आएको छ ।

आज युरो एकको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा छ । हिजो युरो एकको खरिददर १६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा थियो ।

त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९० रुपैयाँ ३८ पैसा थियो।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४४ पैसा थियो ।

कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ६७ र बिक्रीदर ४५९ रुपैयाँ ६३ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ५९ र बिक्रीदर ४५९ रुपैयाँ ५६ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३७ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३६ पैसा थियो ।

  • २ भाद्र २०८२, सोमबार ०६:४९ प्रकाशित