पोखरा ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित छ । नेपालमा मनसुन केही कमजोर छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम पनि जारी छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भूभाग लगायत देशको बाँकी पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
लुम्बिनी प्रदेशको तराइ र बाग्मती प्रदेशको पहाडी भुभागको एक-दुइ स्थानमा भारी बर्षाको सम्भाबना छ।
आज राति कोशी प्रदेश र मधेश प्रदेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
मधेश प्रदेश, कोशी प्रदेशको पहाडी तथा तराई भूभाग लगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको तराई भूभाग तथा बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।















