रोल्पामा जंगली च्याउ खाँदा श्रीमतीको ज्यान गयो, श्रीमान् गम्भीर बिरामी

केन्द्रभाग मिडिया

काठमाडौं ।

रोल्पामा जंगली च्याउ खाँदा श्रीमतीको ज्यान गएको छ भने श्रीमान गम्भीर बिरामी परेका छन् ।

ज्यान गुमाउनेमा रोल्पाको परिवर्तन गाउँपालिका–२ राङसीकी ७४ वर्षीया नर्मला वली रहेकी छन् ।२७ साउनमा जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा वली र उनका श्रीमान ८१ वर्षीय भागीराम वली बिरामी भएका थिए ।

स्थानीय मेडिकलमा उपचारपछि दुवै जनालाई २९ साउनमा थप उपचारका लागि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही ल्याइएको थियो ।उपचारको क्रममा वलीको ज्यान गएको अस्पताललाई उदृत गर्दै रोल्पा प्रहरीले जनाएको छ ।

भागीराम वलीको अवस्था गम्भीर रहेको र उनको सोही अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

  • १ भाद्र २०८२, आईतवार १४:५० प्रकाशित