नौबिसे-नागढुङ्गा सुरुङमार्ग चाडैं सञ्चालनमा आउँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे(नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्गको निर्माण अन्तिम चरणमा पुगेको भन्दै चाडैं सञ्चालनमा आउने बताएका हुन् ।

‘ नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

हालसम्म आयोजनामा ९३ प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिएका छन्।नौबिसे–नागढुङ्गा सुरुङमार्गमा ‘टनेल बोरिङ मेसिन’ ९टीबीएम० र विस्फोटक पदार्थ प्रयोग नगरी बनाइएको हो । कूल २।६८ किलोमिटर लामो सुरुङमार्गमा साढे तीन मिटर चौडाइका दुई लेन निर्माण भएको छ ।

सुरुङमार्गको दुवैतर्फ नाली पनि बनाइएको छ । अहिले सडकमा सानो अवरोध हुँदा नौबिसेबाट काठमाडौं आउन घण्टौं जाममा फस्नुपर्छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यो समय २० मिनेटमा झर्ने छ ।

  • १ भाद्र २०८२, आईतवार १३:४८ प्रकाशित