संघीय संसद अन्तर्गत आज दुई संसदीय समितिको बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

संघीय संसद् मातहतका पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छन् ।

पूर्वाधार विकास समितिले वर्षाका कारण क्षतिग्रस्त भएका कोदारी राजमार्ग, रसुवागढी लगायतका सडकहरूको अवस्थाबारे छलफल गर्नेछ ।

चाडपर्व नजिकिँदै गर्दा सडक यातायात र पूर्वाधार सम्बन्धी विषय पनि बैठकको एजेन्डामा रहेको छ ।

यसै गरी, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ ।

  • १ भाद्र २०८२, आईतवार ०६:२५ प्रकाशित