काठमाडौं ।
पाकिस्तानको खैबर पख्तुनख्वामा बाढी र पहिरोका कारण ४८ घण्टामा कम्तीमा ३२४ जनाको ज्यान गुमाएका छन्।
समाचार एजेन्सी एएफपीले शनिबार साँझ जनाएअनुसार भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी पछिल्लो ४८ घण्टामा ३२४ जनाको ज्यान गुमेको हो ।
कोही बाढी र पहिरोले भत्काएका संरचनामा पुरिएका छन् भने, कोही बाढीको पानीमा बगेका छन् ।
खोजी र उद्धार अझै जारी छ।















