टप एन्ड टी-२० सिरिज : आज नेपाल बंगलादेश ‘ए’सँग खेल्दै

केन्द्रभाग मिडिया

पोखरा ।

अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ ।  खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा सुरु हुनेछ ।

दुवै टोली आआफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ए लाई पाकिस्तान शाहीन्सले ७९ रनले हराएको थियो । दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् ।

बंगलादेश ए गत सिजनको उपविजेता टोली हो । टोलीमा अन्तर्राष्ट्रिय अनुभव बटुलिसकेका र हालैको बंगलादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छन् । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने बंगलादेश ‘ए’ को कप्तानमा नुरुल हसन छन् ।

२४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन् ।

नेपालले यसपछि मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

  • ३१ श्रावण २०८२, शनिबार ०८:२१ प्रकाशित