अर्घाखाँची समाजको रमाइलो तीज

केन्द्रभाग मिडिया

पोखरा ।
अर्घाखाँची स्थायी घर भई पोखरालाई कर्मथलो मानेर विभिन्न पेसा व्यवसाय र अध्यानको सिलसिलामा बसोबास गर्ने अर्घाखाँचीवासीहरुको समाज अर्घाखाँची पोखरा सम्पर्क समाज पोखराले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा दर खाने तथा रमाइलो तीज कार्यक्रम सम्पन्न गरेको छ ।

नीति तथा योजना आयोग गण्डकी प्रदेशका उप—सचिव अर्घाखाँचीकी चेली गिता घिमिरेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख अतिथि उप—सचिव घिमिरेले विवाह गरी पतिका घर गएका छोरीचेलीलाई तीजमा माइत ल्याउने र मिठा परिकार खुवाउने चलन छ आज आफूलाई माईत आएको जस्तो अनुभव भएको बताइन् । उनले अर्घाखाँचीका सम्पूर्ण चेलीहरुलाई शुभकामना दिदै नीति तथा योजना आयोग गण्डकी प्रदेशमा महिला दिदी बहिनीका केही कार्यक्रम आएमा सहयोग गर्न आफू तयार भएको बताइन् ।

अर्घाखाँची पोखरा समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार कृष्ण प्रसाद पाण्डेले आफू सानो हुँदा अर्घाखाँचीका विभिन्न ठाउँमा तीज विशेष कार्यक्रम हुँदाको स्मरण गर्दै पोखरा रहेर पनि अर्घाखाँची जिल्लामा हुने तीजको झल्को मेट्ने र माइती घर जान नसकेका चेलीहरुलाई यो कार्यक्रमले माइतीघर न्यास्रो मिटाउन सक्ने बताए ।

समाजका निवर्तमान अध्यक्ष दधिराम खनालले समाजको बारेमा प्रकाश पार्दै तिजको शुभकामना दिए । सम्पूर्ण महिलाहरुको तर्फवाट समाजका सचेतक सिता सुनारले अर्घाखाँचीको भाका र लयमा गित गाएर रमाइलो तरिकाले शुभकामना दिइन् ।

समाजका अध्यक्ष राम प्रसाद पौडेलले नीति तथा योजना आयोगका उप सचिव गिता घिमिरेलाई प्रमुख अतिथिका रुपमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए । उनले समाजले आयोजना गरको कार्यक्रममा सम्पूर्ण अर्घाखाँची जिल्लाका चेलिहरुलाई आफ्नै माइतीको आगन सम्झेर रमाईलो गरि तीज मनाउनु भनेर शुभकामना दिए।

उक्त अवसरमा समाजका बरिष्ठ उपाध्यक्ष बाबुलाल पाण्डे र समाजमा महासचिव कृष्ण रानाभाट लगायतले बोलेका थिए भने समाजको आजिवन सदस्यहरुको बाक्लो उपस्थिती थियो ।

  • ३० श्रावण २०८२, शुक्रबार २०:१५ प्रकाशित