नारायणगढ–मुग्लिङ सडक खण्डमा मााथिबाट ढुंगा खस्दा ट्रक चालक घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

नारायणगढ–मुग्लिङ सडक खण्ड स्थित चितवनका इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा माथिबाट ढुंगा खसेर ट्रक चालक घाइते भएका छन् ।

मुग्लिङतर्फ आउँदै गरेको भारतीय नम्बर केए–४३६८५६ नम्बरको ट्रक चाकलाई ढुंगाले लागेको हो । ट्रक चालकको नाम नखुलेको र उनी गम्भिर घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । चालकलाई उपचारको लागि भरतपुर लगिएको छ ।

ट्रक सडक छेउमा रोकिएको छ । घटनास्थलबाट दुई वटा क्रेनको प्रयोग गरेर ट्रक हटाउने प्रयास भइरहेको एसपी सुवेदीले बताए ।

  • २९ श्रावण २०८२, बिहीबार १७:१४ प्रकाशित