फिक्कल ।
इलाममा पहिरोमा परेर इलाममा एक जनाको ज्यान गएको छ ।
इलामको रोङ गाउँपालिका–४ मानाबुङमा आज दिउँसो आएको लेदोसहितको पहिरोमा परी सोही ठाउँका ६० वर्षीय वीरबहादुर राईको ज्यान गएको प्रहरीले जनाएको छ ।
दिउँसो करिब १२स्०० बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला खोल्सामा आएको पहिरोमा पुरिएर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मानबहादुर राईले जानकारी दिए।
राई कान कम सुन्ने खुल्न आएको प्रहरी नायब उपरीक्षक राईले बताए ।घटनाबारे थप अनुसन्धानका तथा कानुनी प्रक्रियाका लागि प्रहरीको टोली घटनास्थलतर्फ खटाइएको उनले जानकारी दिए । रासस














