तीन दिन स्थिर अमेरिकी डलरको भाउ आज बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज बुधबार अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनारको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, युरोसहित केही मुद्राको भाउ भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६५ पैसा छ । गएका तीन दिन स्थिर रहेको अमेरिकी डलरको विनियमदर आज बढेको हो ।

गएका तीन दिन अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसामा स्थिर थियो ।

आज युरो एकको खरिददर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ २३ पैसा छ । हिजो युरो एकको खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५६ पैसा थियो ।

आज पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८६ पैसा थियो ।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४६० रुपैयाँ ०५ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ८४ पैसा थियो ।

आज बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ०८ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८२ पैसा थियो ।

  • २८ श्रावण २०८२, बुधबार ०६:३८ प्रकाशित