कैलाली कारागार घटनाबारे छलफल गर्न कानुन समितिले बोलायो गृहमन्त्री

केन्द्रभाग मिडिया

काठमाडौं ।

कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको ज्यान गएको घटनाबारे छलफल गर्न प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ ।

बुधबार बिहान १० बजे बस्ने बैठकमा गृहमन्त्री लेखकलाई बोलाइएको हो । कारागारमा कैदीबन्दीको दुई समूहबिच भएको झडपमा कैदीबन्दी भरत चौधरीको ज्यान गएको थियो भने अन्य ४८ जना घाइते भएका थिए ।

समितिको सिंहदरबारस्थित सचिवालयमा बस्ने बैठकमा कैलाली कारागारमा मिति २०८२ साउन २३ गते घटेको घटना, सोको प्रभाव र समस्या समाधानका उपायहरू’बारे छलफल गर्ने कार्यसूची राख्दै छलफलका लागि गृहमन्त्री लेखकलाई समेत बोलाइएको हो ।

  • २७ श्रावण २०८२, मंगलवार १५:१८ प्रकाशित