बुटवल ।
राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा आधारभूत सुविधाको समेत अभाव रहेको बताएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले कारागारको रविलाई राखिएको ब्लकभित्र झ्याल प्लाइउडले टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको, कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो गरी दुई वटा पंखा रहेको जानकारी दिइन् ।
जेल प्रशासनले सुरक्षाका लागि झ्याल टालिएको बताएको थापाले बताइन् । आफूहरूले झ्याल खोल्न भनेपछि कारागार प्रशासन खोल्न तयार भएको थापाले बताइन् ।














